नियम ११
खाद्य पदार्थको नमूना पठाउ“दा गर्नु पर्ने
(१) खाद्य निरीक्षक वा मुद्दा हेर्ने अधिकारी
वा पुनरावेदन सुन्ने अदालतले विश्लेषण परीक्षणको लागि नमूना
पठाउ“दा देहाय बमोजिम गरी पठाउनु पर्दछ ः–
(क) खाद्य पदार्थको नमूनालाई अनुसूची–४ मा तोकिए बमोजिमको
फारामसाथ संलग्न गरी लाहाछाप लगाई सुरक्षासाथ पठाउनु पर्दछ,
(ख) खाद्य पदार्थको नमूना राखिएको भा“डा वा बट्टामा र त्यसलाई मोडिएको
बाहिरी आवरणमा समेत नमूनाको वस्तुको नाम परिमाण वा संकलनको
सांकेतिक संख्या केही भए सो स्पष्ट रुपमा अंकित भएको हुनु पर्दछ,
(ग) खण्ड (क) बमोजिमको फारामको एउटा प्रतिलिपि र नमूनाको भा“डोको
आवरणमा लगाइएको लाहाछापका नमूना छुट्टै (खाममा राखी) पठाउनु
पर्दछ,
(घ) त्यस्तो नमूना राखिएको भा“डोको बिर्को बाटोमा नखुल्ने र नचुहीने
किसिमबाट बन्द गरी सो भा“डोलाई बाक्लो कागजमा अन्य बेर्ने पदार्थले
बेरी त्यसलाई धागो वा डोरीले बाँधी कम्तीमा विभिन्न चार ठाउँमा
अक्षर स्पष्ट बुझिने गरी लाहाछाप लगाएको हुनु पर्दछ र यसरी
लाहाछाप लगाईदा उक्त लाहाछाप नउप्काई त्यस्तो भा“डो खोल्न
नसनकिने गरेको हुनु पर्दछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको खाद्य पदार्थको नमूनाको आवरणमा
लागेको लाहाछाप ठीक छ छैन भन्ने जा“च गरी त्यस्तो अवस्थाको रेकर्ड राखी यो
नमूनाको आवरण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख वा सार्वजनिक
विश्लेषक वा निजले अनुमति दिएको व्यक्तिले खोल्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त हुन आएको खाद्य पदार्थको नमूना विश्लेषण
परीक्षण गरी सो को नतीजा अनुसूची–५ मा तोकिए बमोजिमको फाराममा खाद्य
निरीक्षक वा सम्बन्धित अधिकृत वा अदालतलाई पठाउनु पर्दछ ।